logo

ग्लोबल आईएमईको म्युचुअल फन्ड ‘समुन्नत योजना–२’ मा आवेदन खुल्यो

    1325   पटक पढिएको


२२ असार/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकको कोष प्रवद्र्धनमा अर्को म्युचुअल फन्ड ‘समुन्नत योजना २’ मा आवेदन खुलेको छ ।
यस योजनामा छिटोमा २५ असारसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ४ साउनसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
फण्डको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल पाउने कोष व्यवस्थापक ग्लोबल आइएमइ क्यापिटलको दावी छ । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमइ बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
१० वर्षपछि परिपक्क हुने योजना १ अर्ब २० करोडको हुनेछ । अधिक आवेदन आएमा यो आकार २५ प्रतिशतसम्मले बढ्नेछ । यो बन्दमुखी योजना हो । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तरगतको ग्लोबल आइएमई समुन्नत योजना २ हो ।
यो योजनाले १२ करोड इकाइ सर्वसाधारणमा बिक्री गर्नेछ । प्रति इकाइ १० रुपैयाँका दरले अधिकतम एकसय इकाइका लागि आवेदन दिन सकिन्छ । यस योजनाले इक्विटी र इक्विटी सम्बन्धी साधनमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्नेछ ।
अरु ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्नेछ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।