१४ जेठ/अर्थ र व्यापार – हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो । करसहित सो नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो । सो लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि प्रदान हुने बताईएको छ ।
तपाईको प्रतिक्रिया