१३ असार/अर्थ र व्यापार – नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट थप १ दशमलव ५ प्रतिशत प्रतिफल दिने भएको छ ।
कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको बताएको छ ।
तपाईको प्रतिक्रिया