१६ बैशाख/अर्थ र व्यापार– इसेवाबाट अस्गर अली बाहिरिएका छन् । इसेवाको मास्टर माईन्डको रुपमा काम गर्दै आएका अलीले इसेवाको संचालक पदबाटै राजिनामा दिएका हुन् ।
इसेवामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर भित्रिएका अलीले पछिल्लो समय संचालक भएका काम गर्दै आएका थिए । तर, उनले पछिल्लो समय संचालकबाट पनि राजीनामा दिएका हुन् । अलीले गत १२ बैशाखदेखि लागु हुनेगरी संचालकबाट राजीनमा दिएका हुन् ।
यसैगरी, उनको राजिनामासँगै इसेवामा पूर्व बैंकर परशुराम कुँबर क्षेत्री भित्रिएका छन् । क्षेत्री इसेवामा अध्यक्ष भएर भित्रिएका हुन् । सुरुमा संचालक भएका क्षेत्री अहिले इसेवाको अध्यक्ष भएर भित्रिएका हुन् । संचालक समितिको बैंठकले उनलाई इसेवाको अध्यक्ष बनाएको हो । क्षेत्रीले आगामी साता अध्यक्षको रुमपा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया