२७ जेठ/अर्थ र व्यापार – अजोड ईन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । अजोड ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोबीच सम्झौता भएको हो ।
नेपाल सरकारको बिमा नीतिअनुरूप स्थानीय तहसँग सहकार्य गरी बिमाको पहुंच ग्रामिण स्तरसम्म पु¥्याउन यो सम्झौता गरिएको हो । बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बिमा व्यवसायको सेवा दिने तथा लिने गरी सम्झौता सम्पन्न भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया