गुडविल फाइनान्स लिमिटेड( वित्तीय संस्था )ले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राकालागि सम्झौता गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
होम बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा
अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ ।
टेष्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा निकोलस आचार्य बनेका छन् ।
मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।
मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र नेपाली विद्युत प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन ’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबार (आज ) बाट काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित हवाई उडान गर्ने भएको छ ।
चन्द्रागिरि केबलकारको टिकट आइएमई पेबाट बुकिङ गर्दा ३० प्रतिशत छुट पाइने भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी बनेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।
ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित २८ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनीट्रान्सफरका चन्द्र टण्डन निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न १६ औं वार्षिक साधरसभाले संघको अध्यक्षमा टण्डनलाई निर्वाचित गरेको हो ।
प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो ।
गोर्खा बु्रअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ ।
नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् । प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछ ।
टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । आगामी २५ पुसदेखि ४ माघसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो ।
मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।