२० पुस/अर्थ र व्यापार– मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै बैंकको समायोजित मूल्य प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायन्स फाइनान्सको पनि १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५२० रुपैयाँमा भएको संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ । यससँगै पुस १९ गतेसम्म यी दुई कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् ।
तपाईको प्रतिक्रिया