२५ पुस/अर्थ र व्यापार– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आइतबार नै उनले आफ्नो कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हाल्नेक्रममा पराजुलीले आफ्ना विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने बताउँदै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न प्रयास गर्ने बताए ।
उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जस्तो नम्बर एक कम्पनीको हिस्सेदार हुन पाउनु गर्वको विषय हो भन्दै यसलाई आफूले अवसर र चुनौती दुवैको रुपमा लिएको बताए । यसअघि उनी रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओ पदमा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया