logo

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

    1643   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र नेपाली विद्युत प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमान मार्फत् ढुवानी गर्ने सम्झौता भएको हो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव महेश्वर न्यौपानेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । 
सम्झौता अनुसार अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् ।  कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्र र परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र यस्तो छुट सुविधा पाउने छन् । 
सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै विमान प्रयोग गर्ने उल्लेख छ  । प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउने छ ।
सो कार्यक्रममा पर्यटन मन्त्री आलेले हाल घाटामा सञ्चालित निगमलाई प्राधिकरणले गरेको यस्तो किसिमको सहयोग प्रति आधार व्यक्त गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई माथि उकास्न गरेको विविध राम्रा कामको मन्त्री आलेले खुलेर प्रशंसा गरे । 
आफूले सासंद् हुँदा वन तस्करी रोक्न आवाज उठाएको आलेले बताए । यसैगरि, मन्त्री आलेले आफ्नो कारण नै वन जोगाउने काम भएको र कोप सम्मेलनमा प्रधानमन्त्री जाँदा नेपाललाई कार्वन सञ्चिती गर्नका लागि रोयल्टी प्राप्त भएको दावी गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले यसअघि पनि निगमकै विमान प्रयोग गर्दै आएकोमा यससम्बन्धी सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । 
उनले अब प्राधिकरणको कामका कर्मचारीहरुले पनि निगमकै विमान प्रयोग गर्ने बताए । उनले अब यो सम्झौतालाई तत्कालै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । सो कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमले अब सेवा र गुणस्तरमा सुधार गर्नुपर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।