निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले भोली १ असोजबाट नियमित उडान सुरु गर्ने भएको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।
काठमाडौबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले हवाईयात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै विमान तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९०मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने सो जीवनदायी मेसिन राखिएको सो कम्पनीले जानकारि गराएको छ ।
प्रभु क्यापिटलले बालबालिकालक्षित ‘प्रभु लिटिल च्याम्प’ योजना को शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यकोलागि लगानी गर्न चाँहनेहरुका लागि यो लगानी योजना सेवा ल्याइएको सो क्यापिटलले जनाएको छ । यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने सो कम्पनीले बताइएको छ ।
दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा मंगलबार देखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गर्न लागिएको हो ।
नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले जसमध्ये १६.५ प्रतिशत बोनस सेयर दिने छ भने बाँकी २.५ प्रतिशत नगद लाभांश दिने छ ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो फोर जी सेवाको विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिनका लागि एनसेल फोर जी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।
गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा ३५ प्रतिशत छुट दिईने भएको छ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवद्र्धन गर्नुकासाथै आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्नकालागि गरिमा विकास बैंकले यस्तो सुविधा प्रदान गरेको हो ।
सामसङ नेपालले नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङ नेपालद्धारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ सार्वजनिक गरेको हो।
मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धमा मुक्तिनाथ विकास बैंक र आनबीच आइतबार यस्तो सम्झौता भएको हो ।
बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमले साउदी अरबतर्फ नियमित उडान सुरु गर्ने भएको छ । निगमले दुई वर्ष अघिदेखि साउदी अरबमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन ।
आइएमइ पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।
नेपाल एयरलाइन्सले कोरोना विरुद्धको खोप लिन आजबाट चीनको राजधानी बेइजिङमा लगातार तीन उडान गर्ने भएको छ ।
सिंगापुरको राष्ट्रिय ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले करिब दुई दशक पछि नेपालमा पुनः नियमित उडान सुरु गरेको छ ।
यती एयरलाइन्सले पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ।
सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार तथा उपचार कार्यलाई सहज गर्न सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।
नेपाल वायुसेवा निगम आजदेखि ६३ वर्षमा प्रवेश गरेको छ ।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले विगत २ महिना देखि स्थगन गरेको आन्तरिक उडान बिहीवारदेखि शुरु भएको छ ।
एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.०’ योजना सार्वजनिक गरेको छ ।
५ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आपसमा गाभिने प्रस्ताव अनुमोदनका लागि साधारणसभा डाकेका छन् । इन्फिनिटी र नेपाल
उद्योगी, व्यवसायीहरुका व्यवसायीक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले निषेधाज्ञाको समयमा आवागमन समेत अवरुद्ध
नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ) को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको
आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । मंगलवार आइएमई
चौधरी ग्रुपले मंगलवार देखि इन्टरनेट सेवा शुरु गरेको छ । सिजी नेटले मंगलबारदेखि उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको निर्वाण चौधरीले बताए । “उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि