८ असोज / अर्थ र व्यापार – कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंक संचालक समितिको बिहीबारको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७% लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले १८.५०% बोनस र कर प्रयोजनको लागि ०.९७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले शेयर पाउनेछन् ।
बैंकले गत वर्ष यसले ४.४% बोनस र कर तिर्न ०.२३% नगद लाभांश वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया