logo

यतीको पर्वतीय उडान १० असोजबाट,स्वदेशी र भारतीयलाई जम्मा ८८४८ रुपैयाँ 

यो भाडादर सगरमाथाको उचाई बराबरको आकर्षक राखिएको कम्पनीको भनाई  

    1016   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको पर्वतीय उडान (माउन्टेन फ्लाईट) पुन सुरु गर्ने भएको छ । यती एयरलाइन्सले आगामी १० असोज देखि रोकिएको पर्वतीय उडान पुनः सुरु गर्ने भएको हो । 
नयाँ भेरियन्टसहित फैलिएको कोरोना महामारिबाट बच्न गरिएको दोश्रो लकडाउन एवं निशेधाज्ञापछि रोकिएको यती एयरलाइन्सको पर्वतीय उडान पुनः सुचारु गर्न लागिएको सोे वायुसेवाले कम्पनीले जानकारी दिएको छ । 
अब वर्षा पनि केही कम हुने र मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
अहिलेका लागि हरेक आइतवार एक उडान भर्ने गरि बुकिङ खुल्ला गरिएको जानकारि गराउँदै उनले  साताको पहिलोदिन प्रत्येक आइतबारका लागि एटीआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुनेगरि तालिका निर्धारण गरिएको बताए । प्रवक्ता बर्तौलाका अनुसार यस्तो उडानमा रमाउने  यात्रुहरुको माग बमोजिम यस कम्पनीले विस्तारै पर्वतीय उडान संख्या थप गर्दै जाने लक्ष्य लिएको छ । हालका लागि स्वदेशी र भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ रुपैयाँको आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने  सो कम्पनीले जनाएको छ ।
अन्य मुलुकका विदेशी नागरिकका लागि भने प्रति व्यक्ति १३ हजार दुई सय ७५ रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो ।  नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकट खरिद गर्नेहरुका लागि भने क्रमशः ९ हजार ८ सय ४८  र १४ हजार सात सय पचहत्तर रुपैयाँ भाडादर तोकेको छ ।
यस्तो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाईन मार्फत खरिद गर्न सकिने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।