logo

आइएमई मोटर्सले जितपुर र नवलपरासीमा खोल्यो नयाँ शाखा

    1229   पटक पढिएको

२१ असोज /  अर्थ र व्यापार – आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ ।  जितपुर बारास्थित थ्रिएस सेटअप र सर्दी नवलपरासी पूर्वमा २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । यी सुविधा सम्पन्न शाखाहरुबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने सो कम्पनीले जनाएको छ । 
यि दुईवटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयका साथै जिल्लाका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको थियो ।  
उद्घाटनको क्रममा आइएमई ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यसैगरि, उनले यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे । नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश – २ र लुम्बिनी प्रदेश स्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि–एस (सेल्स, सर्भिस र स्पेयर्स) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख रोयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रामक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए । 
आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा निरन्तर लाग्दै आएको छ ।  आइएमई मोटर्सले भने ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । यसैगरि, आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । जितपुर र सर्दी शाखा बाहेक थप ९ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिंदै आएको सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।