logo

चौधरी ग्रुुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ राजस्व बुझायो

सरकारको कुल राजस्वमा १.७३ प्रतिशत योगदान

    1254   पटक पढिएको

१२ असोज/अर्थ र व्यापार – मुलुकको औद्योगिक घराना चौधरी ग्रुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ सरकारको राजश्वमा योगदान गरेको बताएको छ । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको हो । 
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले  हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो टिप्पणीपछि चौधरी ग्रुपले सोमबार आर्थिक वर्ष २०७७ / ७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको जनाएको हो । 
नेपाली कांग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष नेपाल सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १ दशमलव ७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समूहबाट सरकारको राजस्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो । 
कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति शृंखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा सो रकम योगदान गरेको हो ।
‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ,’ सांसद एवं ग्रुपका अध्यक्ष चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’
विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजस्वमा ४५ अर्ब ५० करोड  रुपैयाँ योगदान गरेको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ । ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचीमा रहेका नेपालका उद्यमी हुन् ।
गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डस्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेको चौधरी ग्रुपले जनाएको छ । स्वास्थ्य संकटका कारण बेहोर्नुपरेको लकडाउनले आपूर्ति शृंखलामा नराम्रो असर परेको थियो । 
ग्रुपका अधिकारीहरूले लकडाउन बेहोर्नुनपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजस्वमा योगदान २ प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताए । ‘अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राइसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ,’ ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, ‘हामी नेपालका धेरै क्षेत्रमा लगानी विस्तार गरिरहेका छौं र चालू आर्थिक वर्षको राजस्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सधैव गर्वको विषय हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।