५ कात्तिक/अर्थ र व्यापार – निजी लगानीको वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । सो एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार यती एयरलाइन्सलाई अनुमति दिएको हो । ननसेड्युल तथा चार्टर्ड उडान गर्न सक्ने गरी एओसी पाएको प्रवक्ता बर्तौलाले जानकारी दिए । अब यतीले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा उडान भर्ने तयारी गरेको उनले बताए । हाल यतीसँग एटीआर ७२ र ट्वीनअटर विमानहरू छन् ।
तपाईको प्रतिक्रिया