logo

सिटी सेन्टरको चाडपर्व योजना, आकर्षक छुट तथा उपहार पाइने

    1281   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार – काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । गत १६ असोज देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् । विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । आगामी २१ असोजबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना आगामी २४ कात्तिक (छठ पर्व) को दिनसम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।