रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको सर्व विदितै छ ।
नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डाको एमएमसी एमेज २०२१ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमुर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको हो ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई मनिट्रान्सफरले प्रदान गरेको ‘आइएमई डबलको डबलको डबल अफर’योजनाको बम्पर बिजेताले पुरस्कार रकम पाएका छन् ।
मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । सो रिसोर्ट करिब ३५ करोड रुपैयाँ भन्दाबढी लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो ।
नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।
एनसेल आजियाटा लिमिटेडले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ बाट सम्मानित भएको हो ।
खाना पकाउने एलपी ग्यास क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको एसजी ग्रुपले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेको छ । ग्यास उद्योग क्षेत्रमै पहिलोपटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपले ग्यास प्रयोगबारे सचेतना वृद्धि गर्न कलाकारद्वय गिरी र निरौलासँग सहकार्य गर्ने जनाएको छ ।
कर्मचारी संचयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा शुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमईको डबलको डबलको डबलको बम्पर’ उपहार पाउने विजेता घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत विजेता घोषणा गरेको हो । जसमा दुबईबाट आफ्ना परिवारलाई आइएमई मार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोखलाका जीवेश दाहालले आईएमईको बम्पर उपहार प्राप्त गरेका छन् । विजेता दाहालले सो बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् । बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानकालागि शाहलाई सम्मान गरेको हो ।
एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’मा पुरस्कार जित्न सफल भएको छ । गत ९ कात्तिकमा आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रम माझ अवार्ड विजयताको घोषणा भएको थियो ।
नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी समूह अन्तर्गतको सीजी फुड्सले रसियाको गालिना बालान्का (जीबी फुड्स) कम्पनी किनेको छ । चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्दै आएको सिजी फुड्सले गालिना बालान्का रसिया तथा सीआईएस (कमनवेल्थ अफ इन्डिपेन्डेन्टस स्टेट) लाई किनेको हो ।
निजी लगानीको वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । सो एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार यती एयरलाइन्सलाई अनुमति दिएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस कम्पनीले हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।
सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगरचोकमा २९ औं शाखा बिस्तार गरेको छ । बिहिबारदेखि पोखरा महानगरपालिका–७ शान्तिनगरस्थित बराल पेट्रोल पम्पसँगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोरका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।
बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । बिओके क्यापिटल मार्केट लिमिटेडको छंैटौ वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो । क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो ।
आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रिएस सेटअप र सर्दी नवलपरासी पूर्वमा २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । यी सुविधा सम्पन्न शाखाहरुबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । हाल यस कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ । जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने छ ।
काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
वैदेशिक रोजगारीमा रहेकाले पनि अब नागरिक पेन्सनमा सहभागी हुन पाउने भएका छन । जसकालागि नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।
मुलुकको औद्योगिक घराना चौधरी ग्रुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ सरकारको राजश्वमा योगदान गरेको बताएको छ । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको हो ।