१३ मंसिर / अर्थ र व्यापार – रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई मनिट्रान्सफरले प्रदान गरेको ‘आइएमई डबलको डबलको डबल अफर’योजनाको बम्पर बिजेताले पुरस्कार रकम पाएका छन् ।
सोमबार आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोखलाका जीवेश दाहालकी श्रीमति सलिना चौलागाँई दाहाललाई केही साता अघि लक्की ड्र मार्फत छनोटमा परेको सो पुरस्कार स्वरुप १२ लाख ५२ हजार ४६४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
पुरस्कार विजेता दाहालले दुबईबाट आइएमई मनिट्रान्सफर मार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाएका थिए । आफ्नो घर खर्चकालागि पठाईएको सो रेमिट्यान्स रकमको आठ गुणा बढी रकम अहिले पुरस्कार स्वरुप प्रदान गरिएको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया