logo

चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच भयो छात्रवृत्ति दिने समझदारी 

    1322   पटक पढिएको

२२ मंसिर /अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति  दिने भएका छन् । 
प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत  र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर  भएको हो । 
सो समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका हुन । चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपियाँ  सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष  जलानले बताए ।  
चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित बर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ । सुचना प्रविधिको विकाससंगै अवको दिनमा इ बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । 
खल्ती वालेटसंगको सहकार्यमा पढाई पूरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलव्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
खल्तीका प्रमुख कार्यकारी अधिकृत सिईओ विनय खड्काले इ बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए । समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दीपककाजी तुलाधरको पनि सहभागिता थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।