logo

एसजी ग्रुपद्वारा ग्यास प्रयोगबारे सचेतना फैलाउन कलाकारद्दोय दीपक र दीपालाई बनायो ब्रान्ड एम्बेसडर

    1151   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – खाना पकाउने एलपी ग्यास क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको एसजी ग्रुपले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेको छ । ग्यास उद्योग क्षेत्रमै पहिलोपटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपले ग्यास प्रयोगबारे सचेतना वृद्धि गर्न कलाकारद्वय गिरी र निरौलासँग सहकार्य गर्ने जनाएको छ ।
नेपाल आयल निगमका अनुसार मुलुकभर ५८ ग्यास उद्योग छन् । त्यसमध्ये एसजी ग्रुपमातहत ७ उद्योग रहेका छन् । ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार सुनसरीमा प्रिमा र कामख्य ग्यास, मकवानपुरमा साहारा ग्यास, काठमाडौंमा एभरेस्ट ग्यास, धादिङमा सुगम ग्यास, भैरहवामा त्रिशूल ग्यास र धनगढीमा सैपाल ग्यास उद्योग छन् । यी सबै उद्योगको २० लाख ग्यास सिलिन्डर बजारमा छन् । यसबाट सात लाखभन्दा बढी घरपरिवार लाभान्वित भइरहेको उनले बताए ।
‘वर्षेनी  ग्यासको खपत बढ्दै गएको छ । सँगसँगै यसको प्रयोग गर्न नजान्दा दुर्घटना पनि निम्तिरहेका छन्,’ घिमिरेले भने, ‘ब्रान्ड एम्बेसडरले ग्यास प्रयोगबाट दुर्घटना न्यूनीकरण हुने गरी सचेतनामूलक कार्यक्रम गरी आमउपभोक्तामा जागरण पैदा गर्न सहयोग मिल्ने विश्वास लिएको छु ।’
एसजी ग्रुप मातहतका ग्यास उद्योग पूर्वदेखि पश्चिमसम्मका सबै उपभोक्तालाई सेवा दिइरहेकाले सचेतना वृद्धिका कार्यक्रम गर्नु जरुरी रहेको घिमिरेले बताए । ‘अरू उद्योगीका एक–दुईवटा उद्योग छन् र उहाँहरूको कार्यक्षेत्र सानो छ । तर, हामी देशभर पैmलिएर ग्यास कारोबार गरिहेकाले सबै उपभोक्तालाई सचेतना कार्यक्रम गर्न सजिलो हुने देखेर ब्रान्ड एम्बेसडर नियुक्त गरेका हौँ,’ उनले भने ।
हाल यस ग्रुप मातहत ३ हजारभन्दा बढी ग्यास डिलर रहेका छन् । यसैगरि, उनले ग्रुपले सातवटै ग्यास उद्योगलाई सञ्चालन गर्ने गरी ‘एभरेस्ट ग्यास संसार’ कम्पनी खोलेको र सबै कारोबार तथा सचेतना वृद्धिका कार्यक्रम पनि सोही कम्पनीबाट सञ्चालन हुने बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।