logo

फागुनबाट मनकामना केवुलकारले टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड रुपैयाँ लगानी

    1299   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । सो रिसोर्ट करिब ३५ करोड रुपैयाँ भन्दाबढी लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो । 
मनकामना केबलबारले बुधबारबाट आफ्नो व्यवसायी संचालनको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको अवसरमा सो रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जानकारि गराएको हो । 
यो अवसरमा कम्पनीले मनकामनामा आगामी फागुनदेखि नै रिसोर्ट सञ्चालनमा ल्याउने बताएको हो । जसकालागि सो कम्पनीले मनकामना केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठाको सुविधासम्पन्न स्तरीय रिसोर्ट सञ्चालनमा ल्याउने छ । रिसोर्टमा रेष्टुरेन्टसँगै एकसय सिट क्षमताको कन्फरेन्स हल रहने छ । सञ्चालनको अवधीमा यस रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको सो कम्पनीले जनकारी दिएको छ । 
सो रिसोर्ट करिब डेढ वर्षमा कार्य सम्पन्न गर्न लागिएको हो । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनुकासाथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकको आवागमन एवं बसाई बढने अपेक्षा गरिएको सो कम्पनीले जनाएको छ । 
२०५५ सालको ८ मंसिरबाट संचालनमा आएको यस केवुलकारले संचालनदेखि हालसम्म करिब १ करोड ६० लाखजना यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।