२३ भाद्र /अर्थ र व्यापार – नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले जसमध्ये १६.५ प्रतिशत बोनस सेयर दिने छ भने बाँकी २.५ प्रतिशत नगद लाभांश दिने छ ।
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सालको नाफाबाट लाभांश दिन लागेको हो । परिमार्जित वित्तीय विवरणका आधारमा लाभांश दिन लागेको हो । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ। कम्पनीले सेयर प्रिमियम बाहेकको वितरण योग्य नाफाबाट लाभांश घोषणा गरेको हो। कम्पनीमा सरकारको ४४ प्रतिशत सेयर लगानी छ ।
यसपछि बीमा कम्पनीहरुको सो कम्पनीले जनाएको छ । कुल संस्थापक सेयर ८४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष एक अर्ब १७ करोड रुपैयाँ नाफा गरेको थियो । त्यसपछिको वर्ष १ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तेस्रो त्रैमासिक विवरण मात्र सार्वजनिक गरेको छ । त्यस अनुसार ९२ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।
तपाईको प्रतिक्रिया