logo

गुडविल फाइनान्सका शेयरधनीले १३ प्रतिशत लाभांश पाउने 

    1157   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार – गुडविल फाइनान्स लिमिटेड( वित्तीय संस्था )ले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार काठमाडौमा भर्चुअल माध्याम जुम मार्फत सम्पन्न सो फाइनान्सको २७ औं वार्षिक साधारणसभामा ९ दशमलब १ प्रतिशत बोनस शेयर तथा ३ दशमलब ९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित भएको सो फाइनान्सले जनाएको छ ।
संस्थाका अध्यक्ष विश्व प्रकाश साखःले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले निक्षेपतर्फ १८ दशमलब ८ प्रतिशतले बृद्धि गर्नुका साथै कर्जा तर्फ १५ दशमलब ६८ प्रतिशतले बृद्धि गरेको जानकारी दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओ) सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर फैलिएको कोभिड महामारीका कारण सरकारले गरेको लकडाउन र त्यसबाट उत्पन्न विभिन्न परिस्थितीका वावजुद संस्थाले लगानीकर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए । 
सोही साधारण सभामा यस संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा १८.८४५ ले वृद्धि गरी १० अर्ब ९ करोड ३९ लाख ८४ हजार ९९७ रुपैयाँ तथा कर्जा तर्फ १५ दशमलब ६८५ ले वृद्धि गरी ७ अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० रुपैयाँ पु¥याएको जानकारी दिईएको सो फाइनान्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।