१८ पुस/अर्थ र व्यापार – डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन ’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । गत १९ कात्तिक देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।
शुक्रबार गरिएको लक्की ड्र मार्फत भाग्यशाली विजेता छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।
बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।
तपाईको प्रतिक्रिया