२५ पुस/अर्थ र व्यापार – होम बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा ललितपुरको छयावहाल, पाटनढोका स्थित आफ्नै भवनमा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन ललितपुर महानगरपालिका सहकारी शाखा अधिकृत चिरञ्जीवी पौडेल, सञ्चारकर्मी शरदराज सुवेदी र अधिवक्ता रमिला शाक्यले संयुक्त रुपमा गरेका थिए । सो साधारण सभामा संस्थाका अध्यक्ष मुकुन्द महर्जनले ६४८ कुल सदस्यबाट आर्थिक वर्ष २०७७÷०७८ मा ५ करोड ८१ लाख ५९ हजार ९ सय ४३ रुपैयाँ निक्षेप संकलन गरिएको जानकारि गराएका थिए ।
यसैगरि, अध्यक्ष महर्जनले यस सहकारी संस्थालाई अझ राम्रो र व्यवस्थित बनाउन आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । उनले आगामी दिनमा यस सहकारीको बचत संकलनलाई दोब्बर बनाउने लक्ष्य लिएको बताए । सो साधारण सभामा संस्थाका उपाध्यक्ष दिनेश मास्के, सचिव सोभना थापा लगायतले सो संस्थाको गतिविधी तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया