logo

आईएमई जनरल इन्स्योरेन्सले थप्यो दुईवटा आकर्षक योजना

    712   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार– आईएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुईवटा नयाँ आकर्षक सेवा सञ्चालनमा ल्याएको छ । सो कम्पनीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आईजीआई क्यासलेस क्लेम सेटलमेन्ट र आईजीआई इजी हेल्थपल्स नामक बिमालेख गरी दुईवटा आकर्षक नयाँ सेवा थप गरि सञ्चालनमा ल्याएको बताएको हो ।
सो कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल, बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल लगायत सो कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरू, स्पार्क अटोकेयर प्रालिका अध्यक्ष रोशन घिमिरे, सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
दुईवटा आकर्षक योजना मध्ये आइएमई जनरल इन्स्योरेन्सले निजी सवारीधनीको लागि आकर्षक योजना रहेको छ । इन्स्योरेन्स कम्पनीले सोमबारदेखि नै निजी सवारीधनीको लागि आइजिआई इजी क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको हो ।
यस योजना अन्तर्गत अब यो इन्स्योरेन्स कम्पनीबाट चारपाङ्ग्रे सवारीसाधनको बीमा गरेका सेवाग्राहीहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारीमा क्षति भएमा दुर्घटना स्थलबारे कम्पनीलाई जानकारी गराए सम्पूर्ण बाँकी काम सो कम्पनीले गर्ने छ ।
कम्पनीले सवारीसाधनको जानकारी पाएको २४ घण्टाभित्र सवारीलाई दुर्घटनास्थलबाट आफै लगेर मर्मत गरी पुनः सवारीधनीको घरमा नै पु¥याइदिनेछ । जसकालागि आइएमई जनरलले काठमाडौं गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयरसँग सहकार्य गरेको छ ।
स्पार्क अटोकेयरले दुर्घटना भएको सवारीको सम्पुर्ण मर्मत गरी सवारीधनीको घरमा नै पु¥याइदिनेछ । यसको अर्थ सवारी धनीले कम्पनीमा गएर कुनै पनि प्रकारको दाबी सेटलमेन्ट गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने छैन । कम्पनीले सवारी मर्मतमा लाग्ने सम्पूर्ण खर्च सिधै स्पार्क अटोकेयरलाई भुक्तानी गर्नेछ ।
यसैगरि, सो बिमा कम्पनीले सोमबारदेखि नै अर्को आकर्षक नयाँ योजना आइजिआई हेल्थपल्स बीमालेख पनि सुरु गरेको छ । आइजिआई हेल्थपल्स बीमालेखमा दुर्घटना, स्वास्थ्य तथा घातक रोगलाई एउटै छातामा समेटिएको जनाएको छ । यस बीमालेखा अन्तर्गत परिवारका सम्पुर्ण सदस्यहरुको एउटै बीमालेखा अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।
यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख देखि १५ लाख रुपैयाँको सीमा सम्मको सुविधाहरु प्रदान गरिने सो कम्पनीले जनाएको छ ।
यसैगरि, औषधीउपचार तर्फ यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख देखि ५ लाखसम्म नगद रहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिने सो कम्पनीले जनाएको छ ।
यसैगरि,घातक रोगतर्फ पनि यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पछि बीमित सदस्यलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम ५ लाख तुरुन्त भुक्तानी गर्ने सो कम्पनीले जनाएको छ ।
जसकालागि विभिन्न सर्तहरु राखिएको सो कम्पनीले जनाएको छ । सर्तहरुमा परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने । यसैगरि, ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्ने सो कम्पनीले जनाएको छ ।
बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र म्याटरनिटीको लागि ९ महिनाको वेटिङ्ग पिरियड लाग्ने छ । औषधोपचार बीमालेख अन्तरर्गत नै नेपाल र चिकित्सकको परामर्शमा भारतमा समेत उपचार गर्न सकिने छ ।
यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ । त्यसैगरि,यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।