२६ असार /अर्थ र व्यापार – सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी प्रदान गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई सो रकम भुक्तानी गरको हो ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेलीले मादी पावरका जनरल म्यानेजर विइ जुनचाओलाई १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको चेक प्रदान गरेका हुन ।
यसैगरि, सो इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८÷७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको जनाएको छ ।
तपाईको प्रतिक्रिया