८ असार/अर्थ र व्यापार – बुधबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न असार २० गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया