logo

मनकामना केबलकारका निर्देशक श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

    1254   पटक पढिएको

३ असार/अर्थ र व्यापार – मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत ३१ जेठमा बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित एक कार्यक्रममा जानकारी दिएका छन् ।
चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गरेका थिए ।
डेकोरेसन अफ अनर अस्ट्रिया सरकारले दिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गर्नेलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले त्यसको लागी उपयुक्त व्यक्ति छनोट गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।