५ असार/अर्थ र व्यापार – नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जसअन्तर्गत बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागू हुनेछ भने हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यो छुट असार १७ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका गरे ।
यस साझेदारी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा सो १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया