२४ असार / अर्थ र व्यापार – अन्नपूर्ण केबलकार र सानिमा बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी अन्तर्गत बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट÷क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
सो समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन्।
सो बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा कार्यालय र १ सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् । यसैगरि, सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुराँ लगायतमा विशेष छुटको व्यवस्था रहेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया