logo

अजोडका सीईओ खत्रीको कार्यकाल थपिँदै, सञ्चालक समितिले गर्यो यस्तो निर्णय

    120   पटक पढिएको

१६ बैशाख/अर्थ र व्यापार– अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीको कार्यकाल थपिने भएको छ । अजोडको कम्पनी सञ्चालक समितिले खत्रीको कार्यकाल थप्ने निर्णय गरेको हो ।
सीईओको कार्यकालसँग सम्बन्धी निर्णय बिहीबार बसेको संचालक समिति बैठकले गरेको हो । सो निर्णय भएसँगै अब सीईओ खत्रीको कार्यकाल पुनः आगामी चार वर्षलाई थपिने करिब निश्चित भएको छ । अब यो संचालक समितिले गरेको निर्णयलाई बीमा समितिले स्वीकृत भएपछि मात्रै लागू हुनेछ ।
यस विषयमा बीमा समितिले पनि अजोडको सीईओ नियुक्तिसम्वन्धी निर्णय आइसकेको र अध्ययनमा रहेको बताउँदै चाँडै निर्णय हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश ,नयाँ बजेट आन्तरिक उत्पादन बढाउनेमा केन्द्रीत हुने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक) का सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका छन् ।

बजेटबाट चालु खर्च कटौतीको तयारीले मन्त्रालयहरू असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ ।

ओडी कर्जामा थप कडाई, पहिले लिएको ओडी समेत बन्द गर्न बैंकको दबाब

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् ।

निर्जीवन बिमा कम्पनीले करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाए

निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाएका छन् ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।