२२ जेठ/अर्थ र व्यापार – गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा आइतबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बूढानीलकण्ठ वडा नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललगायतको सहभागिता थियो ।
सो कार्यक्रमअन्तर्गत पार्कमा करिब २ सय विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया