हरेक क्षेत्रमा अकासिएको चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य आम उपभोक्ताको ढाड सेक्नेगरि सरकारले फेरि इन्धनको मुल्यमा भारि बृद्धि गरेको छ ।
नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
गठबन्धन सरकारको नीति तथा कार्यक्रम आगामी मंगलबार संघिय संसद्मा पेश हुने भएको छ ।
नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ११ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने बजेट लेखनको चटारोमा जुटेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छिन् ।
देशभरका निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले आगामी ३० बेशाखमा हुने स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ ।
संघीय संसद सचिवालयले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ ।
निजी क्षेत्रको प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग परिसंघले आगामी २०७९ देखि २०८९ सालको दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई राजश्व घट्बढमा होइन उत्पादन बढाउने तर्फ विशेष ध्यान दिन आग्रह गरेका छन ।
कार्यान्वयनमा आएको ७ महिनापछि न्युनतम प्रिमियम दर स्थगन गर्न बीमा समिति तयार भएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाई गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा बिहीबारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले आफना मागहरू पूरा नभएको भन्दै आगामी ८ वैशाखदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने चेतावनी दिएको छ ।
वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब एक खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ ।
नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अतिआवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक अन्य विलासिताका बस्तुहरु आयतामा एलसी खोल्न बन्द गरेसँगै अब बैंकहरुमा लगानीयोग्य रकम बढ्दै जाने सम्भावना बढेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
र्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारको बिशेष पहलमा पोखरिया नगरपालिका भित्रका विभिन्न सडक निर्माण हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले लिएको श्रम स्वीकृतिको चाप र हुन्डीमा कडाइले विभिन्न देसबाट रेमिट्यान्स नेपाल भित्रिने क्रम बढेको छ ।
आगामी १९ जेठदेखि १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसंग आग्रह गरेका छन् ।
पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता भएसँगै अहिले आपुर्ति व्यवस्था विस्तारै सहज हुँदै छ ।
निर्वाचन आयोगबाट मिति २०७८ चैत १६ मा जारी प्रेस विज्ञप्तीमा स्थानिय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्तर्गतको (ठ) नम्बरमा कुनै स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने