logo

आइएमई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित

    877   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो सम्मान ग्रहण गरेका हुन् ।
सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ
सञ्जालमार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।
आइपिओमा जाने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक–पटक सम्मानित हुँदै आएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।