logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षा निर्वाचनपछि :राष्ट्र बैंक

    1055   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी निर्वाचनपछि मात्र हुने बताएको हो ।
राष्ट्र बैंकले निर्वाचन समाप्त भए लगातै मंसिरको पहिलो साता नै त्रैमासिक समीक्षा सार्वजनिक गर्न गृहकार्य तिव्र पारिएको जनाएको छ ।
राष्ट्र बैंकले गत ६ साउनमा सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिरको पहिलो साता नै सार्वजनिक हुने गरी तयारीका काम भइसकेको बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा.प्रकाश श्रेष्ठले यस्तो बताएका हुन ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नको लागि असोज महिनाको देशको आर्थिक तथा वित्तीय तथ्यांक आउनु पर्ने हुन्छ, अहिले त्यो तथ्यांक सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक रहेको जानकारि गराउँदै कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव ४ गते नै भएको समीक्षा चुनाव पछि सकभर मंसिरको पहिलो साता नै सार्वजनिक हुन्छ, त्यसको लागि अब विभागीय छलफल सुरु हुन्छ ।’

पछिल्लो समय निजी क्षेत्रका उद्योगी व्यवसायीले बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग गर्दै सडक आन्दोलन गरिरहेका छन् । यसैगरि, गत भदौदेखि लागू भएको चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन–२०७९ का केही बुँदा संसोधनको माग गरिरहेका व्यवसायीलाई पनि आगामी मौद्रिक नीतिको समिक्षा मार्फत सरकारले केही सम्बोधन गर्नुपर्ने हुन्छ ।
उनले मौद्रिक नीति समीक्षामा अहिले उठेको ब्याजदरको विषय सम्बोधनबारे भने विभागीय छलफलपछि नै टुंगो लाग्ने बताए । तर, चालु पुँजीकर्जामा गरिएको संसोधनमा कुनै परिमार्जन नहुने स्पष्ट पार्र्दे उनले भने, ‘मौद्रिक नीति समीक्षामा के आउँछ भन्ने बारे छलफल पछिमात्रै थाहा हुन्छ, ब्याजदर बारे विभागीय छलफलमा कुरा उठान होला तर, चालु पुँजी कर्जा भने लागू भएको धेरै भएको छैन्, त्यसको प्रभाव आउँनै बाँकी छ ।’
यसैगरि,चालुँ पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनको प्रभाव मूल्यांकन नगरि तत्कालै कुनै परिमार्जन नहुने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।