logo

आगामी मंगलबार देखि कोरोना बिमाको दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    875   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – बिमा कम्पनीहरुले अहिलृसम्म विभिन्न बहाना बनाएर भुक्तानी दिन आनाकानी गरिरहेको बेला नेपाल बीमा प्राधिकरणले आगामी मंगलबार देखि कोरोना बीमा दाबी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
दायित्व रकम सरकारले भुक्तानी गरी सकेको अवस्थामा पनि कम्पनीहरुले भुक्तानी गर्न आनाकानी गरेपछि प्राधिकरणले छलफलका लागि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेको थियो ।
छलफलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु आगामी मंगलबार देखि भुक्तानी गर्न शुरु गर्न सहमत भएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए ।

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुमा परेको दाबीमध्ये करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोरोना बीमा मापदण्ड बमोजिम सो रकम सरकारको दायित्व अन्र्तगत पर्छ । बीमा कम्पनीहरुमा परेको तीन अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबीको दायित्व सरकारले आफैले लिने सहमती गरे पनि भुक्तानी गर्न भने हच्किएको थियो । अन्तत् सरकारले ढिलै गरी भए पनि कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणको प्रस्ताव अनुसार सरकारले भुक्तानी गरेको रकमलाई ५५ प्रतिशत मानि ४५ प्रतिशत रकम प्राधिकरण, बीमा कम्पनी र नेपाल पुर्नबिमा कम्पनीले थप गर्नुपर्नेछ । तर, सो रकम थप गर्न बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक असहमत भएका छन । नेपाल पुर्नबीमा कम्पनीले थप रकम भुक्तानी गर्न नसक्ने भन्दै प्राधिकरणलाई औपचारिक रुपमा नै पत्राचार गरि सकेको छ।

नेपाल सरकारले भुक्तानी गरेको रकममा ४५ प्रतिशत रकम थप गर्नुपर्नेमा बीमा समितिको हिस्सामा ८ प्रतिशत परेको छ । प्राधिकरणले आफनो हिस्साको १४ करोड ५४ लाख रुपैयाँ नेपाल बीमक संघलाई हस्तान्तरण गरि सकेको छ । त्यस्तै, नेपाल पुर्नबिमा कम्पनीको हिस्सामा १२ अर्थात् २१ करोड १८ लाख रुपैयाँ पर्न आउँछ । बीमा कम्पनीहरुको हिस्सामा भने २५ प्रतिशत अर्थात् ४५ करोड ४५ लाख रुपैयाँ पर्न आउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।