logo

आगामी मंगलबार देखि कोरोना बिमाको दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    1105   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – बिमा कम्पनीहरुले अहिलृसम्म विभिन्न बहाना बनाएर भुक्तानी दिन आनाकानी गरिरहेको बेला नेपाल बीमा प्राधिकरणले आगामी मंगलबार देखि कोरोना बीमा दाबी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
दायित्व रकम सरकारले भुक्तानी गरी सकेको अवस्थामा पनि कम्पनीहरुले भुक्तानी गर्न आनाकानी गरेपछि प्राधिकरणले छलफलका लागि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेको थियो ।
छलफलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु आगामी मंगलबार देखि भुक्तानी गर्न शुरु गर्न सहमत भएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए ।

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुमा परेको दाबीमध्ये करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोरोना बीमा मापदण्ड बमोजिम सो रकम सरकारको दायित्व अन्र्तगत पर्छ । बीमा कम्पनीहरुमा परेको तीन अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबीको दायित्व सरकारले आफैले लिने सहमती गरे पनि भुक्तानी गर्न भने हच्किएको थियो । अन्तत् सरकारले ढिलै गरी भए पनि कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणको प्रस्ताव अनुसार सरकारले भुक्तानी गरेको रकमलाई ५५ प्रतिशत मानि ४५ प्रतिशत रकम प्राधिकरण, बीमा कम्पनी र नेपाल पुर्नबिमा कम्पनीले थप गर्नुपर्नेछ । तर, सो रकम थप गर्न बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक असहमत भएका छन । नेपाल पुर्नबीमा कम्पनीले थप रकम भुक्तानी गर्न नसक्ने भन्दै प्राधिकरणलाई औपचारिक रुपमा नै पत्राचार गरि सकेको छ।

नेपाल सरकारले भुक्तानी गरेको रकममा ४५ प्रतिशत रकम थप गर्नुपर्नेमा बीमा समितिको हिस्सामा ८ प्रतिशत परेको छ । प्राधिकरणले आफनो हिस्साको १४ करोड ५४ लाख रुपैयाँ नेपाल बीमक संघलाई हस्तान्तरण गरि सकेको छ । त्यस्तै, नेपाल पुर्नबिमा कम्पनीको हिस्सामा १२ अर्थात् २१ करोड १८ लाख रुपैयाँ पर्न आउँछ । बीमा कम्पनीहरुको हिस्सामा भने २५ प्रतिशत अर्थात् ४५ करोड ४५ लाख रुपैयाँ पर्न आउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।