logo

एक वर्षमा ३०९ नयाँ उद्योग दर्ता, सबैभन्दा धेरै गण्डकीमा

    1083   पटक पढिएको

९ मंसिर/अर्थ र व्यापार – एक वर्षमा ३४ अर्ब ३५ करोड लगानीमा ३०९ वटा उद्योग दर्ता भएको छ । ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग विभागले यस्तो जानकरि दिएको हो ।
विभागले आर्थिक वर्ष २०७८/०७९ मा २८ हजार ५२७ जनालाई रोजगारी सृजना गर्नेगरी उद्योग दर्ता भएको जनाएको छ ।
विभागका अनुसार हाल देशभर उद्योगहरुको संख्या ८ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगहरुको कुल पूँजी २ खर्ब ६२ अर्ब ७२ करोड हाराहारी पुगेको छ ।
यस अवधिमा सबैभन्दा धेरै उद्योग गण्डकी प्रदेशमा र सबैभन्दा कम उद्योग सुदूरपश्चिम प्रदेशमा दर्ता भएका छन् । गण्डकीमा १०३ वटा उद्योग दर्ता हुँदा सुदूरपश्चिम प्रदेशमा वर्षभरिमा कुल १२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ८४, बागमतीमा ३६ र कर्णाली प्रदेशमा ४१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । यस्तै मधेस प्रदेशमा १८ र प्रदेश १ मा कुल १५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
गत वर्ष दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूलो,१०८ वटा मझौला र ११० वटा उद्योग साना रहेका छन् । जसमध्ये ५२ करोड ८९ लाख लगानीमा कृषि वन पैदावरमा आधारित उद्योगको संख्या २१ भने १७ अर्ब ७ करोड ६७ लाख लगानीमा उर्जा क्षेत्रमा ५० वटा उद्योग दर्ता भएका छन् ।
पूर्वाधार क्षेत्रमा २२ करोड ७९ लाख कुल पूँजीमा ५, सूचना सञ्चार र प्रशारण क्षेत्रमा १८ करोड ९८ लाख लगानीमा ११ वटा, उत्पादन मुलुकमा ८ अर्ब ९७ करोड ९४ ला रुपैयाँ लगानीमा ११६ उद्योग गत वर्षमा दर्ता भएका छन् । यस्तै खानीका २, सेवामुलकका ४६ र पर्यटनका ५८ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल लगायतले अहिले मुलुकमा सञ्चालित उद्योगहरुले भोग्दै आएको विविध समस्या र वर्तमान अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।