logo

एक वर्षमा ३०९ नयाँ उद्योग दर्ता, सबैभन्दा धेरै गण्डकीमा

    835   पटक पढिएको

९ मंसिर/अर्थ र व्यापार – एक वर्षमा ३४ अर्ब ३५ करोड लगानीमा ३०९ वटा उद्योग दर्ता भएको छ । ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग विभागले यस्तो जानकरि दिएको हो ।
विभागले आर्थिक वर्ष २०७८/०७९ मा २८ हजार ५२७ जनालाई रोजगारी सृजना गर्नेगरी उद्योग दर्ता भएको जनाएको छ ।
विभागका अनुसार हाल देशभर उद्योगहरुको संख्या ८ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगहरुको कुल पूँजी २ खर्ब ६२ अर्ब ७२ करोड हाराहारी पुगेको छ ।
यस अवधिमा सबैभन्दा धेरै उद्योग गण्डकी प्रदेशमा र सबैभन्दा कम उद्योग सुदूरपश्चिम प्रदेशमा दर्ता भएका छन् । गण्डकीमा १०३ वटा उद्योग दर्ता हुँदा सुदूरपश्चिम प्रदेशमा वर्षभरिमा कुल १२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ८४, बागमतीमा ३६ र कर्णाली प्रदेशमा ४१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । यस्तै मधेस प्रदेशमा १८ र प्रदेश १ मा कुल १५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
गत वर्ष दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूलो,१०८ वटा मझौला र ११० वटा उद्योग साना रहेका छन् । जसमध्ये ५२ करोड ८९ लाख लगानीमा कृषि वन पैदावरमा आधारित उद्योगको संख्या २१ भने १७ अर्ब ७ करोड ६७ लाख लगानीमा उर्जा क्षेत्रमा ५० वटा उद्योग दर्ता भएका छन् ।
पूर्वाधार क्षेत्रमा २२ करोड ७९ लाख कुल पूँजीमा ५, सूचना सञ्चार र प्रशारण क्षेत्रमा १८ करोड ९८ लाख लगानीमा ११ वटा, उत्पादन मुलुकमा ८ अर्ब ९७ करोड ९४ ला रुपैयाँ लगानीमा ११६ उद्योग गत वर्षमा दर्ता भएका छन् । यस्तै खानीका २, सेवामुलकका ४६ र पर्यटनका ५८ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल लगायतले अहिले मुलुकमा सञ्चालित उद्योगहरुले भोग्दै आएको विविध समस्या र वर्तमान अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।