logo

उद्योग वाणिज्य संघ वीरगञ्ज र भियतनाम चेम्बरबीच सम्झौता

    805   पटक पढिएको


२४ कात्तिक/ अर्थ र व्यापार – सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सुवोधकुमार गुप्ता र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकातर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् ।
गुप्ता नेतृत्वको उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले भियतनामको चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग भियतनाम चेम्बरकै बैठक कक्षमा विभिन्न विषयमा छलफल गरी सम्झौता गरेको थियो ।
सम्झौता पत्रमा दुवै संस्थाले व्यावसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यावसायिक क्षेत्रको प्रबर्द्धनका लागि सहजीकरण गर्ने उल्लेख छ ।
दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउने, दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकतानुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने बारेमा सम्झौता पत्रमा उल्लेख छ । संघले मंगलबार सिंगापुर उद्योग वाणिज्य संघसँग पनि यस्तैखाले सम्झौता गरेको थियो ।
भियतनाम र सिंगापुरसँग भएको सम्झौताले नेपालको व्यापार वृद्धि र नेपाल र वीरगञ्जमा नयाँ लगानी भित्र्याउन टेवा पुग्ने विश्वास अध्यक्ष गुप्ताले बताए ।
नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्धत मिलेको उनको भनाइ छ ।
भियतनामी लगानी आउने बाटो सरल बनाउन सकेकोमा आफूहरु उत्साहित भएको उनले बताए । भियतनाम र सिंगापुर स्थित चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको र उनीहरुले नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको अध्यक्ष गुप्नताले जानकारी दिए । यस्ता सम्झौताले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थप्ने वीरगञ्जका व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।