logo

उद्योग वाणिज्य संघ वीरगञ्ज र भियतनाम चेम्बरबीच सम्झौता

    1002   पटक पढिएको


२४ कात्तिक/ अर्थ र व्यापार – सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सुवोधकुमार गुप्ता र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकातर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् ।
गुप्ता नेतृत्वको उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले भियतनामको चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग भियतनाम चेम्बरकै बैठक कक्षमा विभिन्न विषयमा छलफल गरी सम्झौता गरेको थियो ।
सम्झौता पत्रमा दुवै संस्थाले व्यावसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यावसायिक क्षेत्रको प्रबर्द्धनका लागि सहजीकरण गर्ने उल्लेख छ ।
दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउने, दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकतानुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने बारेमा सम्झौता पत्रमा उल्लेख छ । संघले मंगलबार सिंगापुर उद्योग वाणिज्य संघसँग पनि यस्तैखाले सम्झौता गरेको थियो ।
भियतनाम र सिंगापुरसँग भएको सम्झौताले नेपालको व्यापार वृद्धि र नेपाल र वीरगञ्जमा नयाँ लगानी भित्र्याउन टेवा पुग्ने विश्वास अध्यक्ष गुप्ताले बताए ।
नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्धत मिलेको उनको भनाइ छ ।
भियतनामी लगानी आउने बाटो सरल बनाउन सकेकोमा आफूहरु उत्साहित भएको उनले बताए । भियतनाम र सिंगापुर स्थित चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको र उनीहरुले नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको अध्यक्ष गुप्नताले जानकारी दिए । यस्ता सम्झौताले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थप्ने वीरगञ्जका व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।