logo

निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति

    1038   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा यस्तो आपत्ति जनाएका हुन् ।
यसै क्रममा गत १४ कात्तिकमा ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिएको महासंघले जनाएको छ ।
ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन प्रा.लि. काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर—२ मा अज्ञात समुहबाट आगजनी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विगतमा समेत हुने गरेका यस किसिमका अराजक क्रियाकलापको महासंघले कडा शब्दमा भत्सर्ना गर्दै, पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्ति सहित दोषी उपर कडा कार्वाहीको माग गर्दै आएता पनि ठोस सुनुवाई नभएकाले नै निर्माण व्यवसायीहरू निरन्तर मारमा पर्दै आएको महासंघको भनाइ छ ।
निर्माण व्यवसायी र तिनका उपकरणको पूर्ण सुरक्षाका लागि महासंघले प्रधानमन्त्री,मन्त्रीहरू, सचिवहरू लगायत सरोकारवाला सबैको लगातार गम्भीर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।
‘शान्तिपूर्ण र सुरक्षित वातावरण विना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आबद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ । विगतमा झै आफ्नो सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित महासंघ देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।