logo

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिदकर्ताले प्रहरी प्रतिवेदन बुझाउनुपर्ने

    935   पटक पढिएको


८ मंसिर/अर्थ र व्यापार– अब देखि बिमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बिमा प्राधिकरणसँग स्वीकृति लिनुपर्नेछ । प्राधिकरणसँग स्वीकृति लिदा खरिदकर्ताको अनिवार्य रुपमा प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने भएको छ ।
प्राधिकरणले बीमा कम्पनीमा हुने सक्ने सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहीत गर्न यस्तो खालको व्यवस्था गरेको हो । प्राधिकरणले सबै बीमा कम्पनीलाई पत्राचार गरी यस्तो खालको व्यवस्था गर्न आदेश दिएको छ ।
त्यस्तै, बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्तालाई अनिवार्य रुपमा सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्न समेत निर्देशन दिएको छ ।
बीमा कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ती गर्दा सम्बन्धित व्यक्तिको अपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।
प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार २५ लाख रुपैयाँ भन्दा बढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजपत्र पनि अनिवार्य रुपमा कम्पनीलाई बुझाउनु पर्ने भएको छ ।

त्यस्तै, मनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक भए नभएको समेत स्पष्ट पार्नुपर्नेछ । मनोनित गर्ने व्यक्तिको पहिचान खुल्ने गरी स्पष्ट कागजसहितको परिचय पत्र समेत बुझाउनु पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।