logo

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

    808   पटक पढिएको

२४ कात्तिक/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय मुद्रा कोष–आईएमएफ)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत बनाउन सकिने प्रक्षेपण गरेको छ ।
नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मुद्रास्फिति ६ प्रतिशतकै हाराहारीमा स्थिर रहने जानकारी पनि दिइन् ।
अहिले विश्व ब्याजदर वृद्धि र महँगीको दबाबमा रहेको जानकारी उनले दिइन् । अहिले विश्वका सबैजसो मुलुक महँगीका कारण चिन्तित रहेको र युक्रेन युद्धले थप समस्या परेको तथ्यांक उनले पेस गरिन् ।
विश्वको कठिन आर्थिक अवस्था, युक्रेन युद्ध र चीनको अनपेक्षित रूपमा आर्थिक उन्नति नहुनुजस्ता कारणले विश्वको अर्थतन्त्रमा समस्या रहेको आईएमएफको निचोड रहेको छ ।
अमेरिकालगायतका देशमा महँगी आक्रामक तरिकाले उच्च हुँदै गएको र अझै बढ्नसक्ने अनुमान गरिएको छ । कोभिडपछिको अपूर्ण रिकभरीले अधिकांश देश थप महँगीको मारमा पर्नसक्ने आईएमएफको भनाइ छ ।
अधिकांश वस्तुको भाउ बढ्दै जाँदा विश्व अर्थतन्त्र थप अनिश्चिततातर्फ धकेलिएको पनि आईएमएफको भनाइ छ ।
कम आय भएका देशमा पनि मूल्य वृद्धि हुन सुरु भइसकेको र अझ बढ्नसक्ने आईएमएफकी आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले बताइन् । छिमेकी देशमा जस्तै नेपालमा पनि अर्थतन्त्रमा अनिश्चितता कायमै रहेको आईएमएफको भनाइ छ ।
नेपालको आर्थिक स्थिरताका लागि आर्थिक नीतिमा बृहत् सुधार आवश्यक रहेको आईएमएफले उल्लेख गरिएको छ । नेपालको आप्mनै आन्तरिक प्राकृतिक प्रकोप र जलवायुसम्बन्धी प्रकोपका कारण जोखिम उत्पन्न हुनसक्ने आँकलन पनि गरिएको छ ।
विभिन्न चुनौती रहे पनि एसियाको अर्थतन्त्र भने तुलनात्मक रूपमा राम्रो रहेको उनको भनाइ छ ।
युक्रेनमा भएको रुसको आक्रमण, मुद्रास्फीतिमाथिको फराकिलो दबाब र चीनमा अपेक्षाअनुसार आर्थिक वृद्धि नहुनुजस्ता कारण विश्वव्यापी रूपमा अर्थतन्त्रमा ठूला चुनौती ल्याएको आईएमएफको अध्ययनले देखाएको उनले उल्लेख गरिन् ।

आईएमएफले सन् २०२३ मा फराकिलो किसिमले आर्थिक मन्दी देखिने बताएको छ, जसमा विश्वको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगट्ने देशहरू यो वर्ष वा अर्को वर्षसम्ममा थप संकुचित हुने देखिएका छन् । कोरोना महामारीपछि आंशिक रूपमा सुधार भएको अर्थतन्त्र पुनः संकुचित अवस्थामा आउने र धेरैभन्दा धेरै मानिसले आगामी वर्ष २०२३ मा आर्थिक मन्दी महसुस गर्ने आईएमएफले जनाएको छ ।
आईएमएफका अनुसार अमेरिकामा संकुचित मौद्रिक तथा वित्तीय अवस्थाका कारण आगामी वर्ष आर्थिक वृद्धि १ प्रतिशतले कम हुने प्रक्षेपण गरिएको छ ।
आईएमएफकी नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेले कोभिड–१९ को असरबाट विश्व अर्थतन्त्रमा सुधार आउँदै गर्दा भएको रसिया युक्रेन युद्धले समस्यामा पारेको बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।