logo

तिन महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

    980   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणमा १९ निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब भन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेको उल्लेख छ। यो रकम आर्थिक वर्ष २०७७/ ७८ को भन्दा ११. ८५ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीहरुले ९ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्कु आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको वितेका ३ महिना असोज मसान्तसम्ममा निर्जीव बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । सो कम्पनीले एकअर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।
धेरे बीमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले असोज महिनामामात्र ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बीमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ ।
यसैगरि, नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बीमा शुल्क २८ करोड ८६ लाख रुपैयाँ थियो ।
त्यसैगरि, सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।असोज महिनामा कम्पनीको बीमा शुल्क २२ करोड रुपैयाँभन्दा बढी छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बीमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क छ ।
त्यसैगरी, लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन देखिएको छ।
नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन्।
यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र सानिमा जनरल इन्स्योरेन्सले २८करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ । जसमध्ये सबैभन्दा कम बीमा शुल्क जनरल इन्स्योरेन्सको रहेको छ । सो कम्पनीले समिक्षा अवधीमा २५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।