logo

तिन महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

    573   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणमा १९ निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब भन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेको उल्लेख छ। यो रकम आर्थिक वर्ष २०७७/ ७८ को भन्दा ११. ८५ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीहरुले ९ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्कु आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको वितेका ३ महिना असोज मसान्तसम्ममा निर्जीव बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । सो कम्पनीले एकअर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।
धेरे बीमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले असोज महिनामामात्र ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बीमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ ।
यसैगरि, नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बीमा शुल्क २८ करोड ८६ लाख रुपैयाँ थियो ।
त्यसैगरि, सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।असोज महिनामा कम्पनीको बीमा शुल्क २२ करोड रुपैयाँभन्दा बढी छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बीमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क छ ।
त्यसैगरी, लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन देखिएको छ।
नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन्।
यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र सानिमा जनरल इन्स्योरेन्सले २८करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ । जसमध्ये सबैभन्दा कम बीमा शुल्क जनरल इन्स्योरेन्सको रहेको छ । सो कम्पनीले समिक्षा अवधीमा २५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।