logo

सरकारले तोक्यो धानको समर्थन मूल्य, मोटा धान प्रति क्विन्टल २९६७ र मध्यम धान ३१२८ रुपैयाँ

    980   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो ।
मोटा धान प्रति क्विन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्विक्नटल ३१२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २७५२ रुपैयाँ र मध्यम धान २९०२ रुपैयाँ तोकेको थियो
कृषि तथा पशुपन्छी मन्त्रालयको अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विटल २१५ रुपैयाँ बढेको छ । यसैगरि, मध्यम धानमा प्रति क्विन्टल २२६ रुपैयाँ बढेको हो । मन्त्रालयले गत साउनमा धानको समर्धन मूल्यको लागि प्रस्ताव गरेको थियो ।
सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ भने न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरदि गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।
गत वर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ । विगतका वर्षहरुको भन्दा यसपाली मंसिरे धानको समर्थन मुल्य तोक्न सरकारले ढिलाई गरेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।