logo

सरकारले तोक्यो धानको समर्थन मूल्य, मोटा धान प्रति क्विन्टल २९६७ र मध्यम धान ३१२८ रुपैयाँ

    1307   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो ।
मोटा धान प्रति क्विन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्विक्नटल ३१२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २७५२ रुपैयाँ र मध्यम धान २९०२ रुपैयाँ तोकेको थियो
कृषि तथा पशुपन्छी मन्त्रालयको अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विटल २१५ रुपैयाँ बढेको छ । यसैगरि, मध्यम धानमा प्रति क्विन्टल २२६ रुपैयाँ बढेको हो । मन्त्रालयले गत साउनमा धानको समर्धन मूल्यको लागि प्रस्ताव गरेको थियो ।
सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ भने न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरदि गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।
गत वर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ । विगतका वर्षहरुको भन्दा यसपाली मंसिरे धानको समर्थन मुल्य तोक्न सरकारले ढिलाई गरेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।