logo

चालुपूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी

    760   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको बताएका छन् ।
पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले सो तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए ।
आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले अझै केही समस्या भने रहेको स्वीकार गरे । मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणसमेत कारण समेत केही समस्या रहेको उनले बताए ।
उनले चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको बताए । उनले भने, ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु प¥यो भन्ने चाहन्छौं ।’
उनले अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए । उनले आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने बताए । ‘भोलिको दिनमा यो खुल्छ, विजनेशलाई राज्यले सधैं रोकेर राख्दैन’ उनले भने ।

सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउँदै अधिकांश सुचकांक सकारात्मक रहेको जिकिर गरे ।
'नेपालको आर्थिक अवस्था फरक छ। अर्थतन्त्रको चरित्र फरक छ। हाम्रो अर्थतन्त्र एकैपटक माथि जाने र एकैपटक तल झर्ने हुँदैन,’ उनले भने, 'अर्थतन्त्रमा कहाँ समस्या छ ?' 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।