logo

गौतमबुद्ध विमानस्थलबाट ४ महिनामा झण्डै दुई करोडको आयात, ३८ लाखको निर्यात

    837   पटक पढिएको

१८ मंसिर/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०७९/८० को वितेका चार महिना कात्तिक मसान्तसम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोड रुपैयाँ बरावरको वस्तु तथा सामान आयात भएको छ ।
भन्सार विभागले यस्तो जानकारि गराएको हो । विभागका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिकसम्ममा १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु तथा आयात भएको छ । यो विमानस्थल गत १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो ।
हाल यो विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने विन्दु समेत हो । यस भन्सार विन्दुबाट चालु आर्थिक वर्षको वितेका चार महिनाको अवधिमा ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।
नेपालमा त्रिभुवन विमानस्थलपछि भैरहवा दोस्रो विमानस्थलमा अवस्थित भन्सार बिन्दु हो । त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार चालु आवको वितेका चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु तथा आयात भएको छ । यस अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
नेपालका भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको विभागले जनाएको छ । सो अवधीमा यस नाकाबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरि, भर्खर सञ्चालनमा आएको काठमाडौको चोभारस्थित सुख्खा बन्दरगाहबाट पनि वितेका चार महिनाको अवधिमा १५ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात भएको विभागले जनाएको छ । त्यसैगरि, यस बन्दरगाहबाट जम्मा ३३ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।