logo

गौतमबुद्ध विमानस्थलबाट ४ महिनामा झण्डै दुई करोडको आयात, ३८ लाखको निर्यात

    1087   पटक पढिएको

१८ मंसिर/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०७९/८० को वितेका चार महिना कात्तिक मसान्तसम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोड रुपैयाँ बरावरको वस्तु तथा सामान आयात भएको छ ।
भन्सार विभागले यस्तो जानकारि गराएको हो । विभागका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिकसम्ममा १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु तथा आयात भएको छ । यो विमानस्थल गत १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो ।
हाल यो विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने विन्दु समेत हो । यस भन्सार विन्दुबाट चालु आर्थिक वर्षको वितेका चार महिनाको अवधिमा ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।
नेपालमा त्रिभुवन विमानस्थलपछि भैरहवा दोस्रो विमानस्थलमा अवस्थित भन्सार बिन्दु हो । त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार चालु आवको वितेका चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु तथा आयात भएको छ । यस अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
नेपालका भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको विभागले जनाएको छ । सो अवधीमा यस नाकाबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरि, भर्खर सञ्चालनमा आएको काठमाडौको चोभारस्थित सुख्खा बन्दरगाहबाट पनि वितेका चार महिनाको अवधिमा १५ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात भएको विभागले जनाएको छ । त्यसैगरि, यस बन्दरगाहबाट जम्मा ३३ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।