८ वर्षपछि तातोपानी नाकाबाट निकासी सुरु भएको छ । सोमबार तातोपानी नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले दुई वटा समितिको सभापति चयन गरेको छ । महासंघले कर तथा राजश्व र कृषि उद्यम केन्द्र समिति गठनको सभापति चयन गरेको छ।
चालु आर्थिक वर्षको वितेका ९ महिना मध्ये गत चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले न्यूनतम पारिश्रमिक सम्बन्धी रोजगारदाताको आधारपत्र तयार पारेको छ ।
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत विगतक ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्पलाई सिल गरेको छ ।
सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था’ लाई हटाउन लागिएकोबारे विभिन्न संचार माध्यममा सार्वजनिक सामाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले स्वदेशमै उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
सरकारले पुनः सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ ।
निजी क्षेत्रमा अख्तियार ल्याइए लगानी निरुत्साहित हुने भन्दै अतालिएका उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको घरदैलोमा पुग्न थालेका छन ।
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएको प्रति आपत्ति जनाएको छ ।
मदिरा व्यवसायी महासंघको अध्यक्षका प्रत्यासी उम्मेदवार मुकुन्द महर्जन समुहका असन्तुष्ट व्यवसायीहरुले भोलि हुने महासंघको निर्वाचन स्थगित गर्न माग गरेका छन ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले आफु अर्थमन्त्री भएको केही सातापछि तीन जनालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
आयात नरोकिएकै कारण अहिले मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् ।
कोरोना विश्व महामारीको पहिलो लहरपछि बन्द भएको रसुवागढी नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।
चालू आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा र ब्याज तिर्न १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार महासंघमा भएको निर्वाचनमा केसीले ३८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।
तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् ।
सोमबार सरकारी राजश्वसम्बन्धी सर्भर लामो समय डाउन भएर देसको राजस्व संकलनको काम नै प्रभावित बन्यो ।
स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ ।
काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।