७ बैशाख/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाश शरण महतले आफु अर्थमन्त्री भएको केही सातापछि तीन जनालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेललाई नियुक्त गरेका छन् । यसैगरि, उनले डा.पोषराज पाण्डे र डा.गुणाकर भट्टलाई पनि आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
अर्थमन्त्रीको आर्थिक सल्लाहकार बनेका पौडेल र पाण्डे राज्यमन्त्री सरहको वरियतामा महतको सल्लाहकार नियुक्त भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । पाण्डे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् भने भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् ।
तपाईको प्रतिक्रिया