logo

झिटीगुण्टा नियमावली संशोधन,वैदेशिक रोजगारीबाट फर्किने नेपालीले अब दुई वटा मोबाइल ल्याउन पाउने

    1196   पटक पढिएको

२७ बैशाख/अर्थ र व्यापार – वैधानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले अब स्वदेश फर्किने क्रममा दुईवटा मोबाइल फोन ल्याउन पाउने भएका छन ।
यसअघि कायम रहेको भन्सार व्यवस्थालाई केही खुकुलो बनाएको सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै वैदेशिक रोजगारीबाट फर्किने नेपाली कामदारले अब दुईवटा मोबाइल फोन ल्याउन पाउने निर्णय गरिदिएको छ ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्किने नेपाली कामदारकालागि यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी गराएकी हुन ।
जसकालागि अर्थमन्त्री डा.प्रकाशशरण महतले झिटीगुन्टा सम्वन्धि व्यवस्था संशोधनको प्रस्ताव गरेका थिए ।
सोही प्रस्तावका आधारमा झिटीगुन्टा सम्वन्धि व्यवस्था संशोधन गर्दै मन्त्रिपरिषदको बैठकले विभिन्न देसमा रहेका नेपाली कामदार स्वदेश फर्किने बेला दुईवटा मोबाइल भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था गरिदिएको हो ।
सरकारले गरिदिएको यस नयाँ व्यवस्था अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कम्तीमा ६ महिनासम्म काम गरेर स्वदेश फर्किएका नेपालीले मात्रै आफ्नो साथमा दुईवटा मोबाइल अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउन पाउने छन् ।
यसअघि २०७७ सालको १५ जेठमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, टयाब्लेट, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको मोबाइल सेट एकथान मात्र साथमा ल्याउन पाउने व्यवस्था थियो।
यसअघिको जम्मा एउटामात्र मोबाइल सेट ल्याउन पाउने व्यवस्था खुकुलो भएसँगै अब नेपाल दुरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याने बाटो समेत खुलेको छ ।
विगत केही वर्षदेखि निकै चर्चामा रहेको एमडीएमएसको व्यवस्था कार्यान्वयनमा आएपछि भन्सार छलेर चोरी पैठारीमा मोबाइल सेट भित्राउने क्रम एवं अवैध कारोबार समेत रोकिने अपेक्षा सरकारले गरेको छ ।
यस्तो निर्णय पूर्णरुपमा भएको भएको खण्डमा अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठवन्धन सरकारको राजस्व समेत अपेक्षाकृत रुपमा बढ्ने सरकारको दावी छ ।
यसअघि वैदेशिक रोजगारीबाट फर्किने नेपाली कामदारले आफ्नो घर परिवारका सदस्यलाई समेत विदेशबाट मोबाइल ल्याउन नपाउँदा उनीहरुले यस्तो अव्यवहारिक भन्सार व्यवस्था संसोधन गरिदिन माग गर्दै आएका थिए ।
नेपाली कामदारले यसअघि भोग्दै आएको यस्तो अप्ठेरो व्यवस्थालाई केही सहज बनाएको उनीहरुकै माग अनुरुप सरकारले वैदेशिक रोजगारीबाट फर्किने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको मन्त्री शर्माले बताइन ।
यसअघिको व्यवस्था अनुसार विदेशबाट फर्किने नेपालीले आफ्नो साथमा आफैंले चलाइरहेको पुरानो एउटा मोबाइल सेट मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो ।

मन्त्रिपरिषद्को यो निर्णय कार्यान्वयन भएपछि अब आफूले चलाइरहेको पुरानो मोबाइल र अर्को थप एउटा मोबाइल सेट ल्याउन पाइने भएको छ । यो नयाँ निणर्य तत्काल कार्यान्वयनमा ल्याउन सञ्चार र श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै नयाँ व्यवस्था लागू गरिने मन्त्री शर्माले जानकरी दिइन । उनले मंगलबारको मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।