logo

नियुक्ति पत्र र सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

    606   पटक पढिएको


१८ वैशाख/अर्थ र व्यापार – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।

सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार संघका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएको गुनासो गरे ।
‘जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्तिपत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्नेलगायत हाम्रो माग रहेको छ’ उनले भने ।
देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताए ।
सरकारको लगानीमा विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अगाडिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन, २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा नभएको सचिव क्षेत्रीले बताए ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पुरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताए । ‘यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ’, उनले भनिन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।